images
images

४० वर्षपछि गाउँ फर्केका हरिबहादुर लाई नगरपालिकाले घर बनाइदिने

बाह्रविसे ।

सिन्धुपाल्चोक जिल्ला बाह्रविसे नगरपालिका वडा नम्बर ७ का हरिबहादुर खत्री लाई बाह्रविसे नगरपालिकाले घर बनाइदिने भएको छ। खत्रीलाई आज विभिन्न खाद्यान्न सामग्रीका साथै लत्ता कपडाको व्यवस्था गर्दै नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले उनको बस्नको लागि बासस्थान नभएको बताउँदै दशैं लगत्तै खत्रीलाई बासको समेत व्यवस्था गरिदिने बताए । उक्त सामग्रीहरू सहित गाडीको व्यवस्था गरी आजै खत्रीलाई डाँडागाउँ पठाइएको नगरपालिकाले जनाएको छ।

images
images

साथै खत्रीका तीन सन्तानमध्ये एकजनालाई नगरपालिकाले रोजगारीको समेत व्यवस्था गर्ने प्रमुख बस्नेतले प्रतिबद्धता समेत जनाएका छन्।

नगरपालिकाको वडा नम्बर ७ स्थित डाँडागाउँमा खत्रीको नाममा सात आना मात्रै जग्गा रहेको पनि नगरपालिका प्रमुख बस्नेतले जानकारी दिए । उनी अहिले आफन्तको घरमा बसेका छन् ।

विगत १४ वर्षदेखि परिवार सँग सम्पर्कविहीन विचारी भनिने हरिबहादुर खत्रीलाई पत्रकार अर्जुन भुसालले केही समय अगाडि सम्पर्कमा ल्याई उनको परिवारसँग मिलन गराउन सफल भएका थिए।

खत्री यस बीचमा तनहुमा रहेको पत्ता लगाई पत्रकार भुसालले उनका छोरी बिना र छोरा विशालसँग मिलन गराएका थिए। साथै केही दिन अगाडि मात्रै खत्री परिवारका तीनै जनाको एकै पटक जिल्ला प्रशासन कार्यालयबाट नागरिकतासमेत बनेको छ।

प्रतिक्रिया दिनुहोस्