images
images

गुफा डाँडामा होम स्टे सञ्चालनमा

मेलम्ची ।

पर्यटकीय गन्तव्य गुफाडाँडामा होम स्टे सञ्चालनमा आएको छ । नगर प्रमुख आइतमान तामाङले शुक्रबार एक विशेष समारोहका बीच उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडाध्यक्ष किरणदिप खड्का लगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो ।

images
images

गुफाडाँडा घुम्न आउनेको संख्या बढ्दै गए पनि खानाबस्नका सुविधा अभाव भएकाले होम स्टे सुरु गरिएको होमस्टे सञ्चालक निनामाया मोक्तानले बताए । उनका अनुसार, मेलम्ची नगरपालिकासँगको साझेदारीमा बनेको यो होम स्टेले पर्यटकलाई कम्तीमा एक दिन गुफाडाँडाको वातावरणमा रमाउने अवसर दिने बताए।

गुफाडाँडा मात्र नभई आसपासका क्षेत्रलाई समेत पर्यटन प्रवर्द्धन गर्ने हाम्रो उद्देश्य रहेकोले स्थानीय उत्पादन, संस्कृतिको अनुभव र आतिथ्य मार्फत आगन्तुकलाई आकर्षित गर्ने योजना बनाएका सञ्चालक मोक्तानलेको भनाई छ । यससँगै गुफाडाँडा पर्यटकीय सम्भावना सहितको नयाँ आकर्षणका रूपमा विकसित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्