images
images

मेलम्ची नगरद्वारा जेनजी आन्दोलनमा दिवंगत नेपालीहरु प्रति शोक प्रस्ताव पारित

मेलम्ची ।
मेलम्ची नगरपालिकाको कार्यपालिका बैठकले हालै भएकाे जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालीहरू प्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।

भदाै २३ र २४ गते देशव्यापी रूपमा भएकाे आन्दोलनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा सर्वसाधारणहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बैठकले गहिरो सहानुभूति प्रकट गरेको हो ।

images
images

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नगरप्रमुख आइतमान तामाङले लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको सम्मान गर्दै संवाद, सहकार्य, शान्ति र सामाजिक सद्भावलाई कायम राख्न सबै पक्षलाई जिम्मेवार र संयमित बन्न आग्रह गरे । उनले यस्ता दुःखद घटनाहरू भविष्यमा नदोहोरिऊन् भन्नेतर्फ विशेष ध्यान दिनु पर्नेमा समेत जोड दिए ।

मेलम्ची नगरपालिकाले घटनालाई गम्भीर रूपमा लिएको स्पष्ट गर्दै, पीडितहरूप्रति समवेदना र ऐक्यबद्धताको भावना प्रकट गरेको छ । साथै, नगरपालिकाले शान्तिपूर्ण सामाजिक रूपान्तरणतर्फ अग्रसर हुने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्