काठमाडौं ।
गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको छानविन गर्न समिति गठन हुने बताएका छन्। सोमबार सिंहदरबारमा पदभार ग्रहणपछि गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा देशभर घटेका हिंसात्मक घटनाको छानविनका लागि समिति गठन हुने बताएका हुन्।
उनले भने जेनजी आन्दोलनका नाममा देशभर हिंसात्मक घटना भएका छन्। उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन समिति गठन हुन्छ। गृहमन्त्री अर्यालले जेनजी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने जानकारी दिए।
उनले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गएको बताए। आन्दोलन क्रममा ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चवापत प्रति परिवार एक लाख उपलब्ध गराउने तथा मृतकको शव घर ठेगानासम्म पुर्याउने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिए।















प्रतिक्रिया दिनुहोस्