सिन्धुपाल्चोक ।
लिसंखुपाखर गाउँपालिकामा चालु आर्थिक वर्षको गाउँपालिका अध्यक्ष मासिक स्वास्थ्य घुम्ती सेवा मंगलबारदेखि सुरु भएको छ ।
गाउँपालिकाका सातै वडामा एकसाथ सुरु गरिएको यस सेवामार्फत स्थानीय नागरिकलाई निःशुल्क स्वास्थ्य परामर्श र परीक्षण गरिएको हो । सेवाको आज गाउँपालिका अध्यक्ष राजु लामाले उद्घाटन गरे ।
सेवाअन्तर्गत विशेषगरी सुगर र प्रेसर जाँच, नियमित रूपमा वितरण हुने औषधि आपूर्ति, साथै बिरामीको मागअनुसार आवश्यक औषधि वितरण गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै पिसाब परीक्षण, मुटुको धड्कन परीक्षण समेत गरिएको छ ।
यस कार्यक्रममार्फत गाउँपालिकाले जेष्ठ नागरिकको डाटा संकलन, दिर्घरोगी पहिचान तथा स्वास्थ्य बीमाबाट उपलब्ध हुने थप सुविधा सम्बन्धी जानकारीसमेत प्रदान गरेको छ ।
गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै, आगामी दिनमा मासिक स्वास्थ्य घुम्ती सेवा नियमित रुपमा सञ्चालन गर्ने जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्