images
images

इन्द्रावती गाउँपालिकाले गंगा सोनामलाई १ लाख नगदसहित सम्मान गर्ने

नवलपुर ।

नेपाल आइडल सिजन ६ का फाइनलिस्ट गंगा सोनामलाई इन्द्रावती गाउँपालिकाले १ लाख नगद सहित सम्मान गर्ने भएको छ ।

images
images

आज बसेको गाउँ कार्यपालिका बैठकबाट इन्द्रावती १० निवासी सोनामलाई नेपाल आइडल जस्तो चर्चित रियालिटी शोको फाइनलसम्म पुग्न सफल भई गाउँपालिका लगायत सिङ्गो जिल्लाकै उच्च बनाएको भन्दै उहाँको प्रतिभा लाई कदर गरि उक्त रकम सहित सम्मान गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले जानकारी दिए ।
इन्द्रावती गाउँपालिका वडा नम्बर १० निवासी गंगा सोनाम सयौं प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै नेपाल आइडल सिजन ६ को फाइनलमा उपाधिका लागि अघि बढिरहेको छ ।

अब भोटको आधारमा विजेता घोषणा हुने भएकोले नेपाल आइडलको उपाधि जित्न धेरैभन्दा धेरै भोट आवश्यक पर्ने भएकोले सबैले सक्ने भोट गरी सहयोग गर्न गंगा सोनाम लगायत उहाँका आफन्तहरू ले सबैमा आह्वान समेत गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्