images
images

भोटेकोशीमा बोलेरो दुर्घटना, दुई जना बेपत्ता

सिन्धुपाल्चाेक ।

भोटेकोशी गाउँपालिका–४ हिन्दीमा मंगलबार बोलेरो दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्।

images
images

अरनिको राजमार्ग अन्तर्गत हिन्दीमा दिउँसो करिब साँढे तिन बजे तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बोलेरो सडकबाट करीब २० मिटर तल भोटेकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।

सर्लाही बरहथवा नगरपालिका–२ का २३ वर्षीय चालक राजेश कुमार कुसहवाले चलाएको बोलेरोमा रौतहट बौधिमाई नगरपालिका–१ का २५ वर्षीय राम प्रवेश महतो सहचालकका रूपमा सवार थिए।

दुर्घटनापछि उद्धारका क्रममा नदीले एक पुरुषको शव बगाएको र हाल चालक तथा सहचालक दुवैजनाको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनास्थलमा प्रहरी टोलीले खोजीकार्य अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्