बाह्रबिसे । गायिका ज्योति मगरले बाह्रबिसेमा आयोजित तिज बिशेष कार्यक्रममा आगो बालेकी छन् । उनको गीतमा बाह्रबिसे मस्त झुमेका छन्् । आइतबार बाह्रबिसे नगरपालिकाले आयोजना गरेको ‘तिज विशेष’ सांस्कृतिक कार्यक्रममा मगरले गीत गाएर नाच्दा बाह्रबिसेका महिला सोही गीतमा झुमेका हुन्। ‘लठ्ठै पा¥यो तन्नेरी मलाई हेरीहेरी’ भन्ने गीतमा गायिका मगरले उपस्थित दर्शकहरुलाई लठ्ठै पारे ।
करिब दुई साताअघि बजारमा आएको उक्त गीत गाउँदा कार्यक्रममा सहभागी सबैले नाचेर साथ दिएका थिए । कार्यक्रममा सहभागी दर्शक मात्रै नभई स्टेजमा अतिथि रहेकाहरूले समेत कम्मर मर्काएका थिए ।
पूर्वमन्त्रीसमेत रहेकी बागमती प्रदेशसभा सदस्य मसिना खड्काले पनि नाचेर साथ दिएकी थिइन् । बाह्रबिसेको खुर्सानीबारी फुटबल ग्राउण्डमा भएको उक्त कार्यक्रममा दर्शक भरिभराउ थिए ।
बाह्रबिसे नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रमको प्रमुख अतिथि पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेता मोहनबहादुर बस्नेत थिए । यस्ता कार्यक्रमहरुले महिलाहरुमा आत्मबल बढ्ने बताउँदै नारीहरुको महान पर्व तिज लागायतका सांस्कृतिक चाडलाई स्थानीय तहले प्रवर्दन गर्न जरुरी रहेको उनले बताए । साथै आफूले जिल्लाको जुनसुकै क्षेत्रबाट चुनाव जितेपनि सबै स्थानका जनता बराबर रहेको धारणा राखे ।
बाह्रबिसेका मेयर बालकृष्ण बस्नेतले हिन्दु महिलाहरूको महान पर्व हरितालिका तिजमा महिलाहरूको सम्मान स्वरूप कार्यक्रम आयोजना गरेको बताए । साथै संस्कृतिक पर्वहरुको संरक्षणमा नगरपालिकाले बिशेष ध्यान दिँदै अघि बढेको बताए । कार्यक्रममा आधा दर्जन कलाकारले प्रस्तुति दिएका छन् ।
















प्रतिक्रिया दिनुहोस्