मेलम्ची ।
गणतन्त्र पछि स्थापित भएको बिकास बाहकको रुपमा रहेको प्रदेश सरकारको बिरुद्ध गलत भाष्य निर्माण गर्न व्यवस्था बिरोधी संचारकर्मी र सामाजिक संजाल प्रयोगकर्ता उद्धत रहेको बागमति प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले बताएका छन् । शनिबार मेलम्ची पुग्नुभएका बानियाँल केही संचारकर्मीले गणतन्त्र ल्याउनकालागि महत्वपूर्ण भुमिका खेलेपनि यो व्यवस्था मन नपर्नेहरुले अहिले फेसबुक, ट्वीटर, युट्यूव जस्ता सामाजिक संजालबाट बदनाम गराउन थालेको बताए ।
हिजोको तानाशाह, पञ्चायतका पक्षधरहरुलाई जनताले पाइरहेको प्रत्यक्ष सेवा, सुबिधा बिकास निर्माण लगायतको गणतान्त्रिक व्यवस्था मन नपरेकोले यो व्यवस्थाको बिरुद्धमा लागिरहेको मुख्यमन्त्री बानियाँले जिकिर गरे । उनले व्यवस्था बिरोधीहरुले गाउँगाउँमा पुगेको सडक, पुल, शिक्षा, स्वाथ्य, सञ्चार सुविधाहरु जनताले पाएको हेर्न नचाहेको बताए ।
मेलम्ची नगरपालिकाले बागमति प्रदेश सरकारका नवनियुतm मुख्यमन्त्री इन्द्र बानियाँ, स्वास्थ्य मन्त्री किरण थापा, आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, खानेपानी, उर्जा तथा सिंचाई मन्त्री कृष्ण कुमार तामाङ, नर्वौ एसिया गोजुरियो कराते प्रतियोगिताका स्वर्ण पदक विजेता खेलाडी करिना पुरी, नेपाल आइडल सिजन ६ को फाइनलिष्ट प्रतियोगि कलाकार गंगा सोनाम तथा आठौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक विजेता ११ बर्षीय खेलाडी शशांक तामाङलाई थप कर्तव्यनिष्ठ र हौसलाको लागि बधाई तथा सम्मान गरीएको नगरप्रमुख आइतमान तामाङले जानकारी दिए ।
यसैबिच कांग्रेस क्षेत्र नम्बर २ ले मुख्यमन्त्री बानिया सहित कांग्रेसबाट नियुक्त भएका मन्त्रीहरुलाई बधाई ज्ञापन गर्नुका साथै सम्मान गरिएको छ । आजै मेलम्ची हब मेलम्चीमा एक कार्यक्रमका बिच कांगेसका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा उनिहरुलाई सम्मान गरिएको हो ।















प्रतिक्रिया दिनुहोस्