बाह्रबिसे ।
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपलिका वड न ३ का गायिका रजनी राउत थापाले तेश्रो रास्ट्रिय विशाल तिज म्युजिक अवार्ड २०८२ मा उत्कृष्ट गायिका अवार्डमा गोल्डेन अवार्ड प्राप्त गरेकी छन् ।
राउतले अत्यधिक मतका साथ गोल्डेन अवार्ड प्राप्त गर्न सफल भएकी हुन् ।
काठमाडौँमा मङ्गलबार एक कार्यक्रमका बीच राउतले राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान की अध्यक्ष रिता थापा मगरको हातबाट अवार्ड ग्रहण गर्दै अग्रज कलाकारबाट यसरी अवार्ड थाप्ने सपना आज पुरा भएकोमा खुशी लागेको उनले बताइन् ।
सुरुमा लोक गायक दिनेश भण्डारी र बिष्णु थापाले दशैं विशेष पहिलो गित गाउने अवसर दिएकोमा आभार ब्यक्त गरे । त्यसपछी दोस्रो गित तिजको गित थियो । उनलाई सङ्गितमा लाग्न घर परिवार लगाएत बाह्रबिसे वडा न ३ का वडा अध्यक्ष जीवन कुमार भण्डारीले सल्लाह दिनु भएको थियो । अगामी दिनमा अर्को गित बजारमा ल्याउने तयारीमा रहेको पनि जानकारी दिए ।
यो संगै बाह्रबिसे वडा न.३ मा यो सातमा मात्रै ३ पदक र १ अवार्ड भित्रिएको छ । यसरि वडाका प्रतिभाभाट एक हप्तामा नै ४ वटा अवार्ड लिन सफल भएको प्रती वडा अध्यक्ष जीवन कुमार भण्डारीले खुसी व्यक्त गर्दै अगामी दिनमा पावर्लिफ्टिङ २०२५ मा पदक जित्न सफल खेलाडी आमा छोरालाई समेत सम्मान कार्यक्रम आयोजना गर्ने योजना रहेको वडा अध्यक्ष भण्डारीले बताए ।















प्रतिक्रिया दिनुहोस्