images
images

सिपापोखरे स्थास्थ्य चौकीमा बर्थिङ सेन्टरको सुरुवात

नवलपुर ।
ईन्द्रावती गाउँपालिका वडा नम्बर ८ को सिपापोखरे स्थास्थ्य चौकीमा बर्थिङ सेन्टरको औपचारिक रुपमा उद्घाटन भएको छ । ईन्द्रावती गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यतामा बर्थिङ सेन्टरको उद्घाटन गरीएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष नेपालले बच्चा, आमा र परिवारका लागि वर्थिङ सेन्टर अत्यन्त महत्वपूर्ण रहेको बताए ।

गर्भ परिक्षण सहितको सुविधाबाट बञ्चित रहँदै आएका महिलाहरुको स्वास्थ्यलाई ध्यान दिँदै सिपापोखरे स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको सुरुवात गरेको हो ।

images
images

सुत्केरी महिलालाई गुणस्तरीय र सुरक्षित सेवा दिन प्रसूति गृहको उद्घाटन गरिएको गाउँपालिकाका उपाध्यक्ष शोभना तामाङले बताए । बर्थिङ सेन्टरले महिलाको स्वास्थ्य सुधारसँगै नवजात शिशुको सुरक्षामा विशेष सहयोग पुग्ने विश्वास गरेको उनको भनाई छ ।

सिपापोखरे स्थास्थ्य चौकीमा पालिकाको ८ औं प्रसूति गृहको रुपमा उद्घाटन भएको कार्यक्रममा ईन्द्रावती गाउँपलकिाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष शशिनाथ आचार्यले जानकारी दिए ।

कार्यक्रमको समापन गर्दै वडा नम्बर ८ का वडा अध्यक्ष डिल बहादुर श्रेष्ठले यो सुविधा नजिकै पुग्दा मातृ मृत्युदर घट्नेमा आशावादी रहेको बताए । उहाँले सिपापोखरे स्थास्थ्य चौकीमा अन्य स्वास्थ्य सेवाको पहुँच विस्तार गरिने प्रतिबद्धता पनि व्यक्त गरे । प्रसूति गृह सञ्चालनमा आएसँगै वडा नम्बर ८ तथा आसपासका क्षेत्रका महिलाहरूलाई अब सुत्केरी हुनका लागि टाढा जानुपर्ने बाध्यता हटेको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्