बाह्रविसे ।
सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नम्बर ३ ले वडा भित्र समुदायका विभिन्न स्थानहरूमा जनचेतनामूलक होर्डिङ बोर्ड राख्ने कार्य सुरु गरेको छ।
नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत र वडा अध्यक्ष जीवनकुमार भण्डारीको निर्देशनमा जनचेतनामूलक होर्डिङ बोर्डहरू समुदायका विभिन्न स्थान तथा विद्यालयहरूमा राखिएको बाह्रविसेका स्वास्थ्यचौकीका सिनियर अहेब सूचना प्रवक्ता जितेन्द्र राउतले जानकारी दिए ।
निकट भविष्यमा नै बालमैत्री वडा घोषणा हुन गइरहेको यस वडामा उक्त कार्यले पनि थप सहयोग पुर्याउने उद्देश्यले होर्डिङ बोर्डहरू राखिएको वडा अध्यक्ष भण्डारीले बताए ।
उक्त अभियानको आज चण्डेश्वरी बोर्डिङ स्कुलमा नगरपालिका उपप्रमुख मञ्जु तामाङको प्रमुख अतिथ्यतामा एक कार्यक्रम आयोजना गरी सुरु गरिएको पनि उनले जानकारी दिए।
होर्डिङ बोर्डमा विभिन्न स्वास्थ्य सम्बन्धी चेतनामूलक सन्देशहरूका साथै इलाका प्रहरी कार्यलय बाह्रबिसेसँगकाे समन्वयमा आपतकालीन नम्बरहरु समावेश गरिएको छ ।
पछिल्लाे समय ठाउँ ठाउँमा बालबालिका माथी बिभिन्न प्रकारका दुव्र्यवहर तथा बलत्कारका घटनाहरु भइरहेकोले त्यस्ता घटनाहरु हुनबाट बचाउन यो योजना अघि सारिएको सूचना प्रवक्ता जितेन्द्र राउतले जानकारी दिए । साथै उहाँको सकृयतामा वडामा भएका बिभिन्न चेतनामुलक कार्यहरुले नागरिकहरुमा चेतना जागृत हुनुका साथै स्वास्थ्य र सुरक्षाको क्षेत्रमा सजगता अपनाउन सहयोग पुगेको छ ।
कार्यक्रमकै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) सिन्धुपाल्चोकको आयोजनामा गत शुक्रबार चौतारा स्थित जुगल बोर्डिङ हाई स्कुलमा सम्पन्न जिल्ला स्तरीय वक्तृत्व कला प्रतियोगितामा सहभागी भई पहिलो स्थान प्राप्त गर्न सफल दुईजना विद्यार्थीहरूलाई सम्मान समेत गरिएको छ। प्रतियोगितामा चण्डेश्वरी बोर्डिङ स्कुलका प्रशिस बस्नेत र नेहा लिम्बुले क्रमशस् नेपाली र अङ्ग्रेजी भाषामा उत्कृष्ट प्रस्तुति सहित पहिलो स्थान हासिल गर्न सफल भएका थिए।
आज विद्यालयका प्रधानाध्यापक मनोज सिंह को सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरपालिकाका उपप्रमुख मञ्जु तामाङ स्वास्थ्य शाखा प्रमुख सीतामाया दहाल र स्वास्थ्य चौकी बाह्रविसेका सिनियर अहेव सूचना प्रवक्ता जितेन्द्र राउत लगायतको उपस्थितिमा विजेता भाइबहिनीहरूलाई सम्मान तथा बधाई ज्ञापन गरिएको सूचना प्रवक्ता रावतले जानकारी दिए।















प्रतिक्रिया दिनुहोस्