सिन्धुपाल्चोक ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) सिन्धुपाल्चोकका अध्यक्ष पवन घोरासैनीमाथि संगठन विरोधी र अराजक कार्य गरेको आरोप लगाउँदै निर्णय खारेज गरिएको छ ।
आइतबार विज्ञप्ति जारी गर्दै सचिव दिपेश राज खनालले केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले तीन महिनाभित्र अधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित नियुक्त गरेको जिल्ला अध्यक्षले अहिलेसम्म कुनै बैठक वा अधिवेशनमुखी कार्यक्रम सञ्चालन गर्न नसककेको आरोप लगाउँदै बागमती प्रदेश सरकारका मन्त्रीको उपस्थितिमा भएको कार्यक्रमलाई आधार मानेर पदमुक्त गर्ने र मनोनयन गर्ने निर्णय ‘अधिकारभन्दा बाहिरको कदम’ भएको दाबी गर्दै त्यसको घोर भर्त्सना र खारेजी गरेका छन्।
संगठनलाई गतिशील बनाउनका लागि पटक–पटक आग्रह गर्दा समेत बेवास्ता गरिएको खनालको भनाइ छ।
सचिव खनालले ‘संगठन निर्माण र गतिशीलता कायम राख्ने कार्यलाई अनुशासनहिन ठहर गरी नेतृत्वले संगठनलाई गलत दिशातर्फ धकेल्न खोजेको भन्दै अराजक समूह र व्यक्तिवादी प्रवृत्तिको प्रतिकार गर्न सबैसँग आग्रह गरेका छन्।
साथै, जिल्ला कार्यसमितिबाट राजीनामा दिएका विद्यार्थी नेताको सकारात्मक सोचको सम्मान गर्दै संगठन हितका लागि एकजुट हुन आह्वान गरेका छन्।
















प्रतिक्रिया दिनुहोस्