images
images

कक्षा १२ को नतिजा प्रकाशित : ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ ।

कक्षा १२ को नतिजामा ६१।१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सोमबार साँझ राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ६१।१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । बोर्डका अनुसार ३८।८३ विद्यार्थीको एनजी (ननग्रेड) आएको छ ।

images
images

कक्षा १२ को परीक्षा गत वैशाख २१ गते देखि सञ्चालन गरिएको थियो । परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी भएका थिए ।

त्यस्तै आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए ।

यसैबिच, बोर्डले कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले आगामी भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा हुने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्