images
images

मेलम्ची नदीमा जलसतह सतर्कता तह पार, सतर्कता अपनाउन आग्रह

मेलम्ची ।

सिन्धुपाल्चोक जिल्लास्थित मेलम्ची नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । नाकोते जलमापन केन्द्रको तथ्याङ्क अनुसार यो बढ्दो क्रममा रहेको छ । बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रमा बाढी र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हाे।

images
images

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ । यसले गर्दा देशभर साधारणतया बदली रहेको छ । मधेस प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्