सिन्धुपाल्चोक ।
राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल अन्तर्गत सिन्धुपाल्चोक शाखाको पहिलो जिल्ला भेला चौतारामा सम्पन्न भएको छ। भेलाबाट विजय नेपाल अध्यक्ष, मानकाजी तामाङ उपाध्यक्ष, सागर खड्का सचिव, प्रेम लामा कोषाध्यक्ष र सुजन श्रेष्ठ सदस्य पदमा निर्वाचित भएका छन्।
समूहका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ सागरको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक अध्यक्ष ध्रुव दंगालको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। समूहका बागमती प्रदेश अध्यक्ष राजेन्द्र गजुरेललगायत अन्य अतिथि सहभागी थिए।
देशभर क्रियाशील समूहको ४१ औं शाखाको रूपमा गठन भएको सिन्धुपाल्चोक शाखालाई नयाँ समितिले जिल्लामा फोटो पत्रकारितालाई अनुशासित, मर्यादित र हकहितको संरक्षणमा केन्द्रित गरिने प्रतिबद्धता जनाएको छ।















प्रतिक्रिया दिनुहोस्