images
images

सिन्धुपाल्चोक र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी सहित चार सहसचिवको सरुवा

काठमाडौँ ।
गृह मन्त्रालयले सिन्धुपाल्चोक र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी सहित चार सहसचिवको सरुवा गरेको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई मन्त्रालयमा तानेर मन्त्रालयमा जगेडामा रहेका सहसचिव बन्धु बास्तोलालाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पठाइएको मन्त्रालय स्रोतले जनाएको छ । थापा गएको भदौ ३० गते सिन्धुपाल्चोक आएका थिए ।

त्यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई मन्त्रालयमा तानेर मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव डा.टोकराज पाण्डेलाई रुपन्देहीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पठाइएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्