सिन्धुपाल्चाेक । नेकपा (माओबादी केन्द्र) पार्टी स्कुल विभागको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–चौतारामा आयोजित कार्यक्रमको पूर्व सभामुख अग्नी प्रसाद सापकोटाले आज उद्घाटन गरे ।
कार्यक्रमको उद्घाटन गर्दै सापकोटाले राज्यका सबै अंगहरू हाल “प्यारालाईज” अवस्थामा रहेको टिप्पणी गरे । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पदमा स्वयंमाथि मुद्दा लागेका व्यक्ति नियुक्त हुनुले नियोजित रूपमा राज्य संयन्त्रलाई कमजोर बनाइएको पुष्टि गर्ने दाबी गरे। सापकोटाले न्यायालयप्रति जनविश्वास घट्दै गएको भन्दै त्यहाँ रहेका मूल्य र मान्यतामाथि गम्भीर प्रश्न उठाए ।
हालै संसदमा बहसमा आएको ‘कुलिङ पिरियड’को मुद्दालाई उनले ‘राजनीतिक जालसाजी’को संज्ञा दिए । संसदभित्र हुने अव्यवस्थित र असंयमित व्यवहार, आरोप–प्रत्यारोपले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि धमिलिएको उनको भनाइ थियो । कार्यक्रममा उनले पार्टी कार्यकर्तालाई समसामयिक राजनीतिक अवस्था बुझ्न र जनतासँगको सम्बन्ध बलियो बनाउन आह्वान गरे ।
भोली सम्म चल्ने कार्यक्रममा प्रमुख अतिथी सापकोटाका साथै केन्द्रिय सदस्य चन्द्र बहाहुर थापा, बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल, जिल्ला अध्यक्ष गोबिन्द पराजुली लागायत पालिका देखी केन्द्र सम्मका नेताहरुको सहभागीता रहेको छ ।















प्रतिक्रिया दिनुहोस्