काठमाडौं – नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले कांग्रेसले सबै जनतालाई सुकिलामुकिला हुन सिकाउने बताएका छन् ।
सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिले आज काठमाडौंमा गरेको कार्यक्रममा उनले कांग्रेस आफू पनि सुकिलामुकिला हुने र जनतालाई पनि सुकिला हुन सिकाउने बताए ।
उनले नेपाली कांग्रेस मात्रै एउटा पार्टी रहेको र जसलाई संसारले पत्याएको बताए । उनले मुद्दा लाग्यो भनेर दिउँसै घरमा सिरक ओढेर सुत्ने मान्छे आफू नभएको समेत बताए । कांग्रेसका कार्यकर्ताको हौसलाले २३ वटा मुद्दा लागेपनि आफू राजनितिमा सक्रिय रहने उनको वाचा छ ।
उनले जनताका सुखदु:खमा साथ दिए कांग्रेसलाई कसैले हराउन नसक्ने बताए । ‘जनता रोए रोइदनिुस् हाँसे हासिदिनूस् तर जनताको साथ कहिल्यै नछाड्नूस्’ , उनले कार्यकर्तालाई दिँदै भने । सिन्धुपाल्चोकमा विपति पर्यो भने कहाँ छ कांग्रेस भनेर खोज्ने गरेको उनले सुनाए ।
बस्नेतले सामाजकि सञ्जालमार्फत आफ्नो चरित्र हत्यामा लागेकाले आफ्ना कार्यकर्तालाई पनि सामाजकि सञ्जालमा सक्रिय हुन आग्रह गरे ।
जो सँग तागत छ विरोधीहरू त्यसको पछि लाग्ने उनले बताए । ‘मेरो भाइको कोही सत्रु छैन, मेरो भतजिाको कोही सत्रु छैन जो सँग तागत छ त्यसको पछि लाग्ने हो ।’ आफू तागतदार भएकोले आफूमाथि सत्रु लागेको उनको भनाइ थियो । पार्टीभित्र र बाहिर अलिअलि स्याङस्याङ गर्ने मानिसहरू भएकाले अब पो राष्ट्रयि नेता भन्न थालेको आफूलाई भान भएको उनले बताए ।








प्रतिक्रिया दिनुहोस्