images
images

बीपी राजमार्गमा रातिको समयमा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा यातायात सञ्चालन गर्न नपाइने नियम बनाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेको सुरक्षा समिति बैठकले उक्त सडक खण्डको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म एक महिनाका लागि सडक सञ्चालनमा रोक लगाउने निधो गरेको हो ।
सम्भावित विपद्जन्य घटनाको जोखिम न्यूनीकरणका लागि एक महिनासम्म रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको हो ।
यसअघि यही असार ६ गते काभ्रे, सिन्धुली र रामेछाप जिल्ला सुरक्षा समिति, अन्तरजिल्ला समन्वय समितिको बैठकले बीपी राजमार्गमा सुरुमा असार ७ गतेदेखि साँझ ६ः३० बजेदेखि बिहान ६ः०० बजेसम्म र पछि त्यसलाई असार मसान्तसम्म निरन्तरता दिँदै यातायात सञ्चालनमा रोक लगाएको थियो ।

गतसाल असोजको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडक खण्डमा क्षति भएको थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्