सिन्धुपाल्चोक । माध्यमिक शिक्षा परीक्षा एसईईमा मेलम्ची नगरपालिकामा ७४ दशमलव १४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ मा नगरपालिकाभित्र रहेका २३ माध्यमिक विद्यालयका ५२६ विद्यार्थी एसईई परीक्षामा सहभागी भएकोमा ३९० जना विद्यार्थी ग्रेडेड भएका छन् ।
जसमा दुईवटा माध्यमिक विद्यालयका विद्यार्थीहरू शतप्रतिशत उत्तीर्ण भएको विवरण नगरपालिकाले सार्वजनिक गरेको छ। शत प्रतिशत विद्यार्थी उत्तीर्ण हुने सामुदायिक र एक निजी विद्यालय रहेका छन्।
मेलम्ची १० मा रहेको शीतला देवी माध्यमिक विद्यालय, प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्ची ११ का सबै विद्यार्थीले एसईई परीक्षामा उत्तीर्ण गरेका हुन् ।
२३ वटा विद्यालयहरूमध्ये सातवटा विद्यालयको नतिजा ९० प्रतिशतभन्दा माथि रहेको छ भने तीनवटा विद्यालयका ५०५ भन्दा कम विद्यार्थीहरू पास भएका छन्।















प्रतिक्रिया दिनुहोस्