माध्यमिक शिक्षा परीक्षा एसईईमा इन्द्रावती गाउँपालिकाका ६३ दशमलव ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ मा नगरपालिकाभित्र रहेका १२ माध्यमिक विद्यालयहरूका २६४ विद्यार्थीहरु परीक्षामा सहभागी भएकोमा १६८ जना विद्यार्थी ग्रेडेड भएका छन् ।
गाउँपालिकाभित्रका दुईवटा विद्यालयका ९० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण हुँदा दुई विद्यालयको नतिजा भने ५० प्रतिशतभन्दा कम र एक विद्यालय निल भएको छ।
जसमा सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण दर भएको विद्यालय वडा नम्बर ६ मा रहेको कमलादेवी माध्यमिक विद्यालय रहेको छ। त्यस्तै दोस्रो नम्बरमा वडा नम्बर ५ मा रहेको ऐंसेलुखर्क माध्यमिक विद्यालय परेको छ।
गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार बाँकी विद्यालयका विद्यार्थीहरूको नतिजा भने ५० प्रतिशतभन्दा माथि रहेको छ ।















प्रतिक्रिया दिनुहोस्