images
images

सिन्धुपाल्चोकमा धेरै विकास योजना समावेश- सांसद तामाङ

सिन्धुपाल्चोक । बागमती प्रदेश सासद एवम् काङ्ग्रेस नेता कृष्णकुमार तामाङ समीरले निर्वाचनताका जनतामा बोलेको पूरा गर्दै आएको बताएका छन् ।
बागमती प्रदेश सरकारबाट बिनियोजित बजेटबाट पाँचपोखरी थाङपाल गाउँपालिका ३, स्थित भोताङमा निर्माण भएको खाल्दोङबो सामुदायिक भवन र उन्जिलामाटोल सामुदायिक भवनको समुदघाटन कार्यक्रममा सांसद तामाङले २०७९ को प्रदेश निर्वाचनमा जनतामाझ बोलेको वचन पूरा गर्दै काम गरेको बताए ।
उनले भने, म प्रदेशमा जितेर गएपछि ३ वटा बजेट निर्माण भयो, मैले ३ वटै बजेटबाट यहाँका जनताको सुविधाको लागि विकासका योजना हालेको छु, धैर्य गर्नुपर्छ यसपटक छुटेको ठाउँमा आगामी दिनमा बजेट भाषण गर्दा योजना हाल्नेछु ।
उनले थप स्पष्ट पारे, मैले बोलेको छु ढिलोचाँडो होला तर पूरा गरेरै छोड्छु, तपाईंहरुमा धैर्य हुनुपर्‍यो, सिन्धुपाल्चोकमा यसवर्ष प्रदेशबाट धेरै योजना समेटिएको छ ।
अहिले पनि भोताङमा १५, १६ वटा योजना प्रदेशमा समावेश गरेको उनले सुनाए ।
शनिबार भवन उद्घाटन कार्यक्रममा स्थानीयले विकास योजनाबारे सांसद तामाङसँग गुनासो राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्