निरोज चौलागाईं, सिन्धुपाल्चोक
मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाले प्राकृतिक विपत्तिको सामना गर्न आफ्नो तयारीलाई तीव्रता बनाएका छन् । मनसुन शुरु भएसँगै स्थानीय सरकारले विपत्तिको सामना गर्न रणनीतिक योजना बनाएका छन् ।
उद्धार तथा राहतको स्रोत साधनको कमी हुने स्थानीय सरकारले मनसुन शुरु भएसँगै स्थानीय सरकारले नागरिकलाई भैपरी आउने प्राकृति विपत्तिबाट सुरक्षित बनाउन आवश्यक स्रोत साधनलाई तयारी अवस्थामा राखेको हेलम्बू गाउँपालिकाले जनाएको छ। २०७८ साल असार १ को बाढीबाट मानवीय तथा भौतिक क्षति व्यहोरेको हेलम्बू र मेलम्चीले मनसुन शुरु भएलगत्तै आउन सक्ने प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै स्थानीय सरकारको भूमिकालाई तीव्र बनाउँदै लगिएको हो ।
२०७८ असार १ मा सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिकाको भ्रेमाथाङबाट निरन्तर झरेको पहिरोबाट मानवीय तथा भौतिक क्षतिपछि थलिएको हेलम्बू र मेलम्चीका स्थानीय सरकार आफ्नो स्रोत साधन जुटाएर प्राकृति विपत्तिको सामना गर्न लागेको मेलम्ची नगरपालिकाले बताएको छ ।
बाढी पहिरोबाट थलिएको हेलम्बू मेलम्चीले पछिल्लो समय आफ्नो स्रोत साधनलाई प्रयोग गर्दै विपतिको सामना गरिरहेका छन् ।
बाढीपछि थलिएको हेलम्बूले नदीले कटान गरेको ठाउँमा जाली तथा ग्याबिङ वाल, प्लम ढलान जस्ता कार्यलाई तीव्रता दिँदै जोखिमपूर्ण ठाउँमा रोकथाम गर्दै आएको छ।
अहिले मनसुन शुरु भएपछि मेलम्ची खोलालाई बस्तीमा छिर्न नदिन बोल्डरले छेक्दै आएको मेलम्ची नगरपालिकाका स्थानीय चोक थान आचार्यले बताए ।
हेलम्बु गाउँपालिकाले स्थानीय सरकारको नेतृत्वमा स्थानीय आपतकालीन केन्द्र सञ्चालन गरेको छ। विपत्तिमा आपतकालीन केन्द्रबाट गर्न सकिने कार्यलाई गाउँपालिकाले प्रयोग गर्न सक्ने स्थानीय श्याम लामिछानेले बताए ।
हेलम्बू र मेलम्चीले खेपेको विपत्तिको मारलाई संघीय र प्रदेश सरकारले बेवास्ता गर्दा आजसम्म हेलम्बू र मेलम्चीका स्थानीयले विपत्तिको जोखिम भोग्न बाध्य बनेका छन् । स्थानीय सरकारले बस्ती छेक्न सक्ने काम गर्दै आएको छ तर अझै प्रभावकारी बन्न नसकेको हेलम्बूका स्थानीय शिव लामिछानेले बताए।
हेलम्बूको स्थानीय सरकारले विपत्तिको सामना गर्न तयारी अवस्थामा बसेको छ । हेलम्बूले स्थानीय स्तरमा आपतकालीन केन्द्र सञ्चालन गरेको छ र गाउँपालिकाबाट गर्न सकिने कार्यमा पालिका जुटेको हेलम्बू गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।
मेलम्ची नगरपालिकाले बाढी पहिरोबाट बच्न पूर्व सूचना प्रणालीको व्यवस्थापनसँगै प्राकृतिक विपति आइपरे तत्काल आवाश्यक पर्ने सामग्री खरिद गर्न विपद् बजेटसमेत व्यवस्थापन गरेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताए । नगरपालिकाले पूर्व तयारी गर्दै उद्धारका लागि जनशक्तिसमेत व्यवस्थापन गरेको छ।
सिन्धुपाल्चोकको हेलम्बू र मेलम्ची बजारमा २०७८ असार १ को बाढीबाट क्षति व्यहोरेका स्थानीयमा अझै त्रास हटेको छैन । विपतमा संघीय र प्रदेश सरकारले कुनै सहयोग नगरेको स्थानीय सरकारको आरोप छ। मेलम्ची बाढीपछि मेलम्चीहेलम्बुको बाढी निरीक्षणमा तत्कालीन सरकार प्रमुख पुगे पनि त्यस क्षेत्रको लागि सरकारले ध्यान दिएको छैन । विपत्तिको सामना गर्न स्रोतको अभाव भए पनि स्थानीय सरकारले भने स्काभेटर, डोजरलगायत साधन प्रयोग गरेर जोखिम न्यूनीकरणको काम गरिरहेका छन् ।













प्रतिक्रिया दिनुहोस्