images
images

बलेफी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषित

सिन्धुपाल्चोक- बलेफी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषित भएको छ ।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित जिल्ला खोप समन्वय समिति सिन्धुपाल्चोकले औपचारिक रूपमा घोषणा गर्दै पालिकालाई प्रमाणपत्र हस्तान्तरण गरेको हो ।
घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख तथा खोप समन्वय समितिका संयोजक बालकृष्ण श्रेष्ठले एक सन्देश पठाउँदै पालिकालाई बधाई दिँदै सम्पूर्ण अभिभावक, स्वास्थ्यकर्मी र सरोकारवालाको प्रयासको प्रशंसा गरे ।
बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा तामाङले बालबालिकाको स्वास्थ्य सुरक्षामा खोपको योगदान अमूल्य रहेको भन्दै कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नहुने धारणा व्यक्त गरे । “खोपले बालबालिकामा विभिन्न रोगविरुद्धको प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ, त्यसैले सबै अभिभावक जिम्मेवार बन्नुपर्छ,” अध्यक्ष तामाङले भने ।

images
images

प्रतिक्रिया दिनुहोस्