सिन्धुपाल्चोक । नेपाल लोकतान्त्रिक खेलकुद संघको जिल्ला अध्यक्षमा विश्वराज गुरुङ निर्वाचित भएका छन् ।
शुक्रबार मेलम्चीमा भएको प्रथम जिल्ला अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्ष चयन गरेको निर्वाचन समितिले जनाएको छ। लोकतान्त्रिक खेलकुद संघमा आबद्ध भएकालाई खेल क्षेत्रलाई सुधारसँगै राजनीतिक परिवेशको प्रशिक्षणसमेत दिने गरिएको छ।
शुक्रबार मेलम्चीमा भएको अधिवेशनबाट उपाध्यक्षमा युनिक तामाङ, महिला उपाध्यक्ष सिर्जना भड्ताल, त्यस्तै सचिवमा लालबहादुर श्रेष्ठ, सहसचिवमा दीपेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा प्रकाश न्यौपाने सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका सयोजक ऋषि पौडेलले जानकारी दिए। त्यस्तै, सदस्यहरुमा कृष्ण लामा, विजय लामा, आकाश तामाङ, सुजन ज्योतिलगायत सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार अधिवेशनले २४ सदस्यीय चयन गरेको छ भने अन्य सदस्य समितिमा मनोनीत गरिने नेपाल लोकतान्त्रिक खेलकुद संघले जनाएको छ। यसअघि लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा काङ्ग्रेस नेताश्रवण कुमार जिसी निर्वाचित भएका थिए भने अहिले अध्यक्षमा गुरुङलाई सर्वसम्मत अध्यक्ष चयन गरेको निवर्तमान अध्यक्ष विनोद जिसीले जानकारी दिए ।
शुक्रबार अधिवेशनलाई शुभकामना दिन काङ्ग्रेस नेता तथा कार्यकर्ता अधिवेशनस्थल मेलम्ची पुगेका थिए । अधिवेशनको उद्घाटन तथा सम्बोधन गर्न मेलम्ची पुगेका काङ्ग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले खेलकुद क्षेत्रलाई अगाडि बढाउन काङ्ग्रेसले सिन्धुपाल्चोकमा खेलकुद गतिविधि गर्दै लैजानुपर्ने बताए । नेता बस्नेतले फरक प्रसङ्गमा बोल्दै भने, सिन्धुपाल्चोकको विकासको लागि काम गर्ने काङ्ग्रेसको सिपाही हुँ, जनतालाई अप्ठ्यारो परेको बेला नेतृत्वमा रहेकाले जस्तोसुकै परिस्थिति आउँदासमेत नागरिकलाई साथ दिनेछु । दुई नम्बर क्षेत्रबाट निर्वाचन जिते पनि जिल्लाभरको योजनालाई समेटेर विकास बजेट विनियोजन गरेको नेता बस्नेतले जानकारी दिए ।
कार्यक्रममा जिल्ला उपसभापति टंक कार्की, जिल्ला सचिव भक्तध्वज बोहरा, रमेशराज भण्डारी, काङ्ग्रेस क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत, महासमिति सदस्य पासाङ नुर्पु शेर्पा, भरत खड्का, काङ्ग्रेस नेता केदार क्षेत्री, नगर सभापति वसन्त गुरुङलगायतले मन्तव्य राख्दै लोकतान्त्रिक खेलकुद संघले पार्टीको भूमिकालाई समेत सहयोग गर्दै जानुपर्ने बताए ।













प्रतिक्रिया दिनुहोस्