सिन्धुपाल्चोक । महिनावारी स्वस्च्छता दिवसका अवसरमा इन्द्रावती गाउँपालिकामा पालिकास्तरीय स्वास्थ्यसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा कमलदेवी माविले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै, ऐंसेलुखर्क माविले दोस्रो र सिम्पालेश्वरी माविले तेस्रो स्थान प्राप्त गरेको छ । प्रतियोगितामा इन्द्रावती गाउँपालिकाका १२ वटै माध्यमिक विद्यालयहरुले सहभागिता जनाएका थिए ।
स्वास्थ्य तथा लैङ्गिक सचेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रकारको प्रतियोगिताले विद्यार्थीहरुमा स्वास्थ्यसम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै खुला रूपमा संवाद गर्न सक्ने वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ। साथै गाउँपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
पालिका अध्यक्ष झम्क नेपाल प्रमुख अतिथि रहेको कार्यक्रममा पालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष शशिनाथ आचार्य, वडा नम्बर १ का अध्यक्ष चिनलाल तामाङ, वडा नम्बर १० का अध्यक्ष रामचन्द्र घिमिरे, प्रमुख प्रशासकीय अधिकृत, पालिकाका कर्मचारी, सहभागी विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता थियो ।















प्रतिक्रिया दिनुहोस्