काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेशलाई सदर गरेको छ ।
बुटबलको सुप्रिम सहकारी ठगी मुद्दामा पूर्वगृहमन्त्री लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेशलाई सदर गरेको छ ।
जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गरी रविलाई थुनामा पठाएकोमा सर्वोच्च अदालतले सदर गरेको हो । अब कम्तीमा पनि रुपन्देही जिल्ला अदालतबाट मुद्दा टुंगो नलाग्दासम्म रवि थुनामा बस्नुपर्ने हुन्छ ।
जिल्ला अदालत रुपन्देहीले उनलाई दोषी ठहर गरेमा तोकिए बमोजिमको कैद सजाय भोग्नुपर्ने हुन्छ । तर, सफाइ दिएमा उनी थुनामुक्त हुनेछन् । जिल्ला अदालतमा विचाराधीन मुद्दा टुंगिन छिटोमा पनि केही महिना लाग्नेछ ।
रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मात्रै सहकारी ठगीको मुद्दा छैन । कास्की, चितवन र काठमाडौं जिल्ला अदालतमा पनि उनी विरुद्ध सहकारी ठगी मुद्दा विचाराधीन छ । ती सबै जिल्ला अदालतबाट धरौटीमा छुटेका उनीविरुद्ध सरकारी वकिलहरू उच्च अदालतमा गएका हुन् ।















प्रतिक्रिया दिनुहोस्