images
images

कांग्रेसलाई नैतिकताको पाठ सिकाउन जरुरी छैनः नेता क्षेत्री

सिन्धुपाल्चोक । काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले ठोकर्पा स्वास्थ्य चौकी र लिसंखुपाखरको निगाले नारगाउँ खानेपानीको उद्घाटन गरेपछि विभिन्न क्रिया प्रतिक्रिया पाइएको छ । केहीले भ्रष्टाचार मुद्दा लागेपछि पूर्वमन्त्री बस्नेतले तिनको उद्घाटन गर्नु गलत भएको बताएका छन् । तर नेपाली काँग्रेसका नेता केदार क्षेत्रीले माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटा सभामुख भएको समयमा सर्वोच्च अदालतमा मुद्दा दायर भएको स्मरण गराएका छन् । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका २ ठोकर्पामा स्वास्थ्य चौकीको उद्घाटन कार्यक्रममा बोल्दै क्षेत्रीले यस्तो स्मरण गराएका हुन् । तत्कालीन सभामुख हुँदा सापकोटाविरुद्ध सर्वोच्चमा हत्या आरोपमा हुँदा दायर भएको थियो । क्षेत्रीले कानुन बनाउने सर्वोच्च पदमा रहँदा सर्वोच्चमा मुद्दा पर्दा पदमा बसिरहने दलका नेता कार्यकर्ताले कांग्रेसलाई नैतिकताको पाठ सिकाउनु हास्यास्पद भएको तर्क गरेका छन् ।

‘अर्जुन लामा आइजीपी होइन एसपी होइन, मन्त्री होइन, पूर्वमन्त्री पनि होइन प्रधानमन्त्री पनि होइन राष्ट्र चलाउने, एउटा गाउँको नागरिक । गल्ती के गर्या होला चिया पसलमा यो माओवादी राम्रो लाग्दैन भन्या होला, त्यति भनेबापत उनलाई कुटी कुटी काटी काटी मारिएको छ’,उनले भने, ‘त्यसको सर्वोच्च अदालतमा प्रश्न उठेको छ । कानुन बनाउने मुख्य मान्छेलाई नैतिकता छैन । अनि आफ्नो कार्यकालमा आफू संलग्न भएर बजेट राखेर भवन बनाउँदा प्रश्न उठिराख्या छ । त्यसको पनि निरूपण हुन्छ । अनि यहाँ आउन नैतिकता चाहिने ?’

images
images

आइतबार सुनकोसी र लिंसखुपाखर गाउँपालिकाका अध्यक्षहरू, माओवादी र नेकपा एमालेले पूर्वमन्त्री बस्नेतलाई भ्रष्टाचार मुद्दा लागेको भन्दै सार्वजनिक कार्यक्रम गर्न नदिने चेतावनी दिएका थिए ।

‘गिरिबन्धु र क्यान्टोन्मेण्ट भ्रष्टाचार काण्ड कसले गरेको जवाफ दिने आँट छ’, उनले प्रश्न गरे । गिरिबन्धु काण्डमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीको नाम मुछिएको छ भने क्यान्टोन्मेण्ट घोटालामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नाम मुछिएको छ ।

लोकतन्त्रको हिमायती कांग्रेसलाई नैतिकताको पाठ सिकाउन जरुरी नभएका नेता क्षेत्रीले प्रस्ट पारेका छन् । उनले कांग्रेस जनताको सुख-दुःखको पार्टी भएको भन्दै विकास निर्माणका काममा भाँजो नहाल्नसमेत चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्