images
images

सगरमाथा संवादका निष्कर्ष अन्तर्राष्ट्रिय मञ्चमा समेत उठाइने

काठमाडौं । तीन दिनसम्म चलेको सगरमाथा संवादपछि सहभागीहरूले २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
प्रतिबद्धतापत्रमा हिमाली देशहरूको विकासलाई लक्षित गरेर परिचालन गर्ने गरी विशेष कोष स्थापनाको गर्न आह्वान गरिएको छ ।
संवाद समापनपछि सामूहिक प्रतिबद्धतामार्फत हिमनदी र हिमक्षेत्रहरू घट्दै गए अन्ततः मानव सभ्यता नै संकटमा पर्नसक्ने समेत निष्कर्ष निकालेको छ ।

हिमनदी नष्ट हुँदै जाँदा समुद्री सतह वृद्धि मात्र नभइ पहिरो, बाढी, खडेरी जस्ता मौसमी घटनाहरू आउने र यसले पहाडीदेखि समथर भूभागमा रहेका सबै मुलुकलाई प्रतिकूल असर पार्ने निचोड निकालिएको छ ।
संवादमा सहभागीहरू हिमालय मुलुकका समुदायको कार्बन ग्यास उत्सर्जनमा नगन्य भूमिका भए पनि असमान रुपमा जलवायु संकटको चपेटामा परिरहेको विषयमा सहमत भएका छन् । संवादमा छलफल भएका विषय र सुझावलाई विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा समेत उठाइनेछ । जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने साझा प्रतिबद्धताका लागि सगरमाथा सम्वाद ऐतिहासिक फोरम हुन पुगेको सहभागीहरुको भनाइ छ ।

images
images

 

प्रतिक्रिया दिनुहोस्