images
images

जनप्रतिनिधिद्वारा निर्वाचन क्षेत्रको योजना तर्जुमाबारे छलफल

सिन्धुपाल्चोक । काङ्ग्रेस नेता एवम् प्रदेश सांसद कृष्णकुमार तामाङले आफ्नो निर्वाचन क्षेत्रको योजना तर्जुमाबारे पार्टी तथा जनप्रतिनिधिसँग छलफल गरेका छन् ।
शनिबार काठमाडौंमा सासद तामाङले आफूले निर्वाचन ताका बोलेको विकास निर्माणको कामलाई गति दिन काङ्ग्रेस नेताकार्यकर्ता तथा काङ्ग्रेसबाट निर्वाचित मेयर, उपमेयर, पालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसँग शनिबार योजना तर्जुमाबारे छलफलको आयोजना गरेका हुन् ।

प्रदेशबाट विकासका लागि छुट्याउन सक्ने विकासका योजनाबारे नेता तथा जनप्रतिनिधिसँग छलफल गर्दै उनले योजनाको माग गरेका हुन् । दुई संघीय निर्वाचन क्षेत्र र ४ प्रदेश रहेको सिन्धुपाल्चोकमा सांसद तामाङ निर्वाचन क्षेत्र नम्बर २ ख-बाट निर्वाचित भएका हुन् ।
प्रदेशको बजेट भाषण नजिकिएसँगै योजना छनौट गरेका उनले जनतामा भएको निराशपनलाई कम गर्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरेको बताए ।
काठमाडौंको बौद्धस्थित तिब्बतीयन होटेलमा भएको छलफलमा उनले विकास योजना र बजेट विनियोजनबारे धारणा राख्दै योजना माग गरेका हुन् ।
आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम आउनै लाग्दा उनले जनतासँग गरेका बाचा पूरा गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको बताए । निर्वाचनताका आफ्नो निर्वाचन क्षेत्रमा बोलेका विकासका योजनालाई निरन्तरता दिन यस्तो कार्यक्रमको आयोजना गरेको सांसद तामाङले बताए ।
२०७९ मङ्सिरमा सम्पन्न प्रदेशको निर्वाचनमा भोट माग्दा जनतामाझ गएर बोलेको कुरालाई पूरा गर्न आज काङ्ग्रेस सम्बद्ध नेता तथा कार्यकर्ता र निर्वाचित जनप्रतिनिधिसँग विकासका योजना तर्जुमा र छ्नौट गर्दै प्रदेश सरकारबाट निर्माण गर्न सकिने योजनाको माग गरेको सांसद तामाङले बताए ।
पछिल्लो समय राजनीति र जनप्रतिनिधिसँग नागरिकमा वितृष्णा बढ्दै गएकोले आफूले निर्वाचनमा बोलेका विकास निर्माणका कामलाई पूरा गर्न छलफल गरेको बताए ।

images
images

त्यस्तै, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरपालिकाले गर्न सक्ने विकासका कामलाई नगरले गर्ने र ठूला-ठूला योजना संघ तथा प्रदेशबाट निर्माण गर्नुपर्ने बताए ।
आगामी दिनमा नगरपालिकाले निर्माण गर्न नसक्ने योजनामा संघ र प्रदेश सांसदले ध्यान दिनुपर्ने नगरप्रमुख तामाङले धारणा राखे । योजना तर्जुमासम्बन्धी छलफलमा निर्वाचन क्षेत्र नम्बर २ का प्रदेश क र ख-का काङ्ग्रेस नेता तथा जनप्रतिनिधि उल्लेख्य रुपमा उपस्थिति थिए ।
यसैबीच, काङ्ग्रेस नेता-कार्यकर्ता र जनप्रतिनिधिले सांसद तामाङमाझ विकास निर्माणको योजनाबारे छलफल र जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्