काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार र शुक्रबार आएको विद्युत् प्रणालीको समस्या प्राविधिक रहेको र यसमा लोडसेडिङको कुरै नरहेको बताएका छन् । उनले प्राधिकरणमा नेतृत्व फेरिएकै कारण विद्युत् आपूर्तिमा समस्या नआएको दाबी गरे ।
काठमाडौँलगायत देशका विभिन्न स्थानमा शुक्रबार अवरुद्ध विद्युत् आपूर्तिबारे जानकारी दिन प्राधिकरणमा आयोजित पत्रकार भेटमा उनले अहिलेको मौसमका कारण समस्या आएको बताए ।
विगतका वर्षमा पनि चैतदेखि जेठसम्म यस प्रकारका समस्या आउने गरेको बताउँदै उनले वर्षा सुरु हुनुअघि केही दिन हावाहुरी र पानीका कारण समस्या आए पनि अन्य समयमा सामान्य हुने बताए ।
समस्याको पहिचान भएको र त्यसलाई सुधार्नेतर्फ आफू लागिपरेको उनको भनाइ छ ।















प्रतिक्रिया दिनुहोस्