सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका ३ का वडाध्यक्ष एवं सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व जीवन भण्डारीले आफ्नो जन्मदिन बालबालिकासँग मनाएका छन् । जन्मदिनको अवसरमा बिहीबार काठमाडौंको बालगृहमा पुगेर उनले आफ्नो जन्मदिन मनाएका हुन् ।
आफ्नो जन्मदिनको अवसरमा अध्यक्ष भण्डारीले सीमा नेपाल बालगृहमा बस्दै आएका बालबालिकामाझ केक काटेर मनोरञ्जन गरेका छन् । आफ्नो जन्मदिन सीमा नेपाल बालगृहमा मनाउँदा त्यहाँका बालबालिकासमेत खुसी भएका छन्। पछिल्लो समय जन्मदिनलाई पर्वको रुपमा लिँदै होटल तथा रिजोर्टमा पुगेर फजुल खर्चको तडकभडक गर्ने प्रचलन नै बनेको छ । तर सामाजिक क्षेत्रमा लागेका व्यक्तिले भने जन्मदिन फरक तरिकाले मनाउन थालेका छन् । यस्तो फजुल खर्चलार्इ निरुत्साहित गर्दै केही सामाजिक क्षेत्रमामा क्रियाशील व्यक्तिले विभिन्न आश्रम तथा बालबालिका बस्ने बालगृहमा आफ्नो जन्मदिन मनाउन थालेका छन् ।
त्यहीअनुसार अध्यक्ष भण्डारीले सीमा नेपाल बालगृहमा रहेका ३६ बालबालिकालाई बिहीबार केक काटेर जन्मदिन मनाएका हुन् । बालबालिकाका लागि खाना तथा खाजाको समेत व्यवस्थापन गरिएको थियोे ।
सामाजिक समाजिक क्षेत्रमा क्रियाशिल भण्डारीले रिसोर्ट र होटलमा जन्मदिन मनाउनुको साटो बालबालिकासग बसेर उनले आफ्नो जन्मदिन मनाउन सीमा नेपाल बालगृह समेत खुसी भएको छ। राजधानी वा विभिन्न महङ्गो रिजोर्टमा केक काटेर फजुल खर्च गर्न छोडेर भण्डारीले सामाजिक कार्यमा जुटेको बताए । मैले गत बर्ष पनि आफ्नो जन्मदिन यस्तै मानवीय सहयोग गरेको थिए यसपटक पनि फजुल खर्च अन्त गर्नु भन्दा बालगृह या कुनै वृद्ध आश्रममा गएर आफ्नो जन्मदिन मनाउने उदेश्य लिएको थिए आज सीमा नेपाल बालगृहका बालबालिकासग केक काटेर आफ्नो जन्मदिन मनाउन पाउँदा खुसी लागेको अध्यक्ष भण्डारीले बताए । सामाजिक क्षेत्रमा क्रियाशील भण्डारीले सीमा नेपाल बालगृहलाई आउँदो दिनमा केही सहयोगसमेत गर्ने प्रतिबद्धता जनाएका छन् ।













प्रतिक्रिया दिनुहोस्