images
images

वैशाख १८ गतेदेखि बन्द तातोपानी नाका बल्ल खुल्यो

सिन्धुपाल्चोक । उत्तरी नाका तातोपानीको कोप्लङमा सडक भासिँदा दुई सातादेखि ठप्प भएको ततोपानी नाका बिहीबार खुलेको छ । सडक अवरुद्ध हुँदा आयात ठप्प भएको थियो ।
गत बैशाख १८ गते सडक भासिएपछि नाकाबाट आयात ठप्प बनेको थियो। आयात ठप्प भएसँगै व्यापारीहरुले ठूलो घाटा व्यहोर्नुपरेको थियो भने राजस्व असुलीमा समेत असर परेको थियो ।
नाकामा बाटो भासिएसगै चीनबाट नेपाल भित्रीएका इलोक्ट्रोनिक गाडीहरु सडक किनारा र पाखामा छोड्नुपर्ने बाध्यतामा व्यवसायीहरु परेका थिए।
सरकारले तातोपानी नाकाबाट यस वर्ष झन्डै २२ अर्व राजस्व असुलीको लक्ष्य राखेको छ। तर सरकारले भौतिक पूर्वाधारमा भने ध्यान दिएको छैन । ऎतिहासिक नाका दैनिक झन्डै ६ करोड राजस्व असुली हुने राजमार्ग बन्द हुँदा राज्यलाई धेरै घाटा भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बताएका छन् ।
दैनिक झन्डै ६ करोड राजस्व संकलन हुने यो नाका सघीय सरकारको प्राथमिकतामा नपरेको व्यवसायीको आरोप छ।
हरेक वर्ष तातोपानी नाकामा बाढी र पहिरोको कारण अवरुद्ध हुँदै आएको छ । अत असोज दोस्रो साता अविरल वर्षासँगैको बाढीले अरनिको राजमार्गमा पर्ने लार्चा र लिपिङ खोलाको पुल बगाएपछि त्यतिबेला २८ दिन नाकाबाट आयात ठप्प बनेको थियो । बाह्रबिसेदेखि तातोपानी कोदारी २६ किलोमिटर सडक वर्षा सुरु भएसगै सधैं समस्यामा पर्छ, यो ठाँउ भौगोलिक हिसाबले पनि कम्जोर छ। यसले गर्दा राजस्व असुलीमा समेत असर पर्दै आएको छ । यसैबीच, सडक मर्मत गरेसँगै सवारी आवागमन सुचारु भएको छ भने कन्टेनरहरु पनि आउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्