images
images

एमाले नेता एवं पूर्वमन्त्री नेपालको निधन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ ।
केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उनको मङ्गलबार उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उनी सूचना तथा सञ्चारमन्त्री थिए । यसैगरी उनले जलस्रोत र शिक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए ।

images
images

एमालेको पोलिटब्युरो सदस्य रहिसकेका उनले पत्रकारिता एवम् साहित्य विधामा निरन्तर कलम चलाउँदै आएका थिए । नेपालले एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रवक्ताका रूपमा समेत काम गरेका थिए ।

नवयुग, दृष्टि, छलफल, प्रकाश साप्ताहिकमा सम्पादक भएका नेपाल विभिन्न पत्रपत्रिकामा लेख, रचना र नियमित स्तम्भकारका रूपमा पनि सक्रिय थिए । भूमिगत कालमा उनी सञ्जय थापाका नाममा परिचित थिए । – रासस

प्रतिक्रिया दिनुहोस्