काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा ७ र भक्तपुरमा ५ मिलिमिटर वर्षा भएको छ ।
एक घण्टाको अवधिमा सिन्धुपाल्चोकमा सबैभन्दा धेरै २४.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी मकवानपुरमा ११.४ मिलिमिटर वर्षा भएको मापन गरिएको छ ।
मौसमविद्ले आगामी दुई दिनसम्म बदली र वर्षाको सम्भावना रहेको बताएका छन् । बंगालको खाडीबाट विकसित प्रणाली पूर्व नेपालबाट भित्रिएको र पश्चिमी वायुको प्रभाव पनि कायमै रहेकाले पानी पर्ने सम्भावना रहेको हो ।
‘अझै दुई–तीन दिनसम्म पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुको भनाइ छ ।
जल तथा मौसम विज्ञान विभागको बुलेटिनमा पनि शुक्रबारसम्म पानी पर्ने सम्भावना रहेको उल्लेख छ ।















प्रतिक्रिया दिनुहोस्