images
images

राष्ट्रपति पौडेलले सदनलाई १९ गते सम्बोधन गर्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

संविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्न आगामी वैशाख १९ गते दिउँसो ३ बजे कार्यतालिका राखिएको सरकारले जनाएको छ । मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्री र कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्णय गरेको जनाएको छ ।

images
images

बैठकपछि पत्रकारसँग कुरा गर्दै सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार र नेपाल शिक्षक महासङ्घका प्रतिनिधि सहमतिनजिक पुगेको दाबी गरे । उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र महासङ्घका प्रतिनिधिबीच निरन्तर वार्ता भएकाले छिट्टै सहमति हुन सक्ने उल्लेख गरे ।

मन्त्री गुरुङले मङ्गलबार वा बुधबारसम्म शिक्षा मन्त्रालय र शिक्षकबिच सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्