काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार राति भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ७ बजेदेखि राति ( बजेसम्म भएको छलफलले सरकार फेरबदलको आशंका चिरेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बताए।
‘प्रधानमन्त्री ओली र सभापति देउवाबीच सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको जनाइएको छ। दुवै नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको पौडेलले उल्लेख गरे ।
बालुवाटारको छलफलमा उपप्रधानमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।
यसैबीच सभापति देउवा थाइल्यान्डको राजधानी बैंककमा भएका बेला पनि प्रधानमन्त्री ओलीसँग टेलिफोन वार्ता भएको थियो।
त्यसबेला पनि उनीहरूबीच सरकार फेरबदलको हल्लाबारे कुराकानी भएको परराष्ट्रमन्त्री आरजु राणा देउवाले बताएकी थिइन्।
उपचारका लागि बैंकक गएका सभापति देउवा शुक्रबार स्वदेश फर्किएका थिए।















प्रतिक्रिया दिनुहोस्