images
images

बजेट अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

संसदको हिउँदे अधिवेशन गएको चैत्र १९ गते अन्त्य भएको थियो । शिक्षक आन्दोलनको दबाबले संसदको बजेट अधिवेशन केही समय अगावै बोलाइएको हो ।

images
images

तीन सातादेखि सडकमा उत्रिएका शिक्षकलाई विश्वासमा लिन सरकारले अधिवेशन अघि सारेको हो । साथै, अधिवेशनको सुरुमै विधेयक पारित गर्ने निर्णय पनि गरेको छ । तर, शिक्षकहरुले भने अझै विश्वास नगरी आन्दोलन जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्