images
images

शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा सर्यो

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ ।
बोर्डको पूर्वनिर्धारित मिति सारेको हो । मंगलबार साँझ बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन्।
शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन जारी राखी, अध्यापनमा सरिक नभएपछि परीक्षा प्रभावित बन्न पुगेको हो । यद्यपि बोर्डले निर्धारित समयमा नै परीक्षा गर्ने अडान राखे पनि अन्तिम समयमा सारेको छ ।
यसअघि शिक्षकहरुले परीक्षामा सामेल नहुने जनाएपछि निजामती कर्मचारी खटाएर परीक्षा सञ्चालन गर्ने अडानमा बोर्ड थियो । तर कर्मचारी ट्रेड युनियनले पनि शिक्षकका माग पूरा गरेर उनीहरुलाई नै परीक्षामा सामेल गराउनुपर्ने भन्दै विरोध जनाएपछि सरकारले बोर्डलाई परीक्षा सार्न आग्रह गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्