images
images

खाने तेलले बढायो निर्यात

चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा निर्यात ६५ प्रतिशतले बढेर झन्डै दुई खर्बनजिक पुगेको छ । प्रशोधित खाने तेलले निर्यात बढाएको हो ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि चैत मसान्तसम्म निर्यात ६५.१६ प्रतिशतले बढेर एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख पुगेको छ । गत वर्ष सो अवधिमा एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपियाँको निर्यात भएको थियो । निर्यातमा सबैभन्दा धेरै हिस्सा प्रशोधित खाने तेलको रहेको छ । कुल निर्यातमा खाने तेलको हिस्सा ३८ प्रतिशत छ । विभागका अनुसार नौ महिनामा ७४ अर्ब २८ करोड रुपियाँ बराबरको  खाने तेल निर्यात भएको छ । त्यस्तै १७ अर्ब ४६ करोड रुपियाँको धागो, ११ अर्ब ९५ करोड रुपियाँको फलाम तथा फलामजन्य वस्तु, १० अर्ब ७४ करोड रुपियाँ बराबरको चिया कफी तथा अन्य मसलाजन्य वस्तु निर्यात भएका छन् । यस्तै नौ अर्ब ३० करोड रुपियाँको गलैँचा, छ अर्ब २५ करोड १२ लाख ६१ हजार रुपियाँको अलैँची निर्यात भएको छ । अन्य देशबाट आयात गर्दा शुल्क लाग्ने र नेपालबाट भारतमा भन्सार छुटमा निर्यात हुँदा निर्यातमा उलेख्य वृद्धि भएको हो । व्यापार विज्ञ रविशङ्कर सैजुले साउथ एसिन ट्रेड एग्रिमेन्ट (साफ्टा) को सुविधा प्रयोग गरेर खाने तेलको निर्यात बढ्दा कुल निर्यातमा वृद्धि भएको जानकारी दिए ।
पछिल्लो समय कलकल शुद्ध तोरीको तेल जस्ता लोकल खाने तेल र रैथाने खाद्यान्नहरुको माग बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्