काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधिसभा सांसद धवलशमशेर जबरा हाजिरी जमानीमा रिहा भएका छन् ।
आइतबार राति उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । जबरालाई उपचारका निम्ति सरकारी वकिल कार्यालयको सहमतिमा हाजिरी जमानीमा परिवारको जिम्मा लगाइएको थियो ।
राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले आफ्नो सामाजिक सन्जालमार्फत पनि राणा रिहा भएको उल्लेख गरेका छन् ।
चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनपछि हिंसा भड्काएको आरोपमा जबरालाई प्रहरीले पक्राउ गरेको थियो ।















प्रतिक्रिया दिनुहोस्