काठमाडौँ । नेपाल प्रहरीले कार्यालय सहयोगी पदमा १४५ जना कर्मचारी माग गरेको छ ।
कार्यालय सहयोगी पदमा पदपूर्तिका लागि प्रहरी प्रधान कार्यालयले यसअघि आह्वान गरेको विज्ञापनमा संख्या थप गरेको हो ।
प्रहरीले भान्छेतर्फ ११७ जना र कुचीकारतर्फ २८ जनाका लागि दरखास्त आह्वान गरेको छ ।
भर्ना छनोट शाखाले शुक्रबार जारी गरेको सूचनामा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्ने जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्