काठमाडौंँ । शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनरत शिक्षकहरूको प्रतिनिधिमण्डलले शुक्रबार राति प्रधानमन्त्री र सभामुखसँग छलफल गरेको छ।
शिक्षक महासंघका अनुसार शुक्रबार राति ९ बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग र राति ११ः३० बजेसम्म सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरिएको हो।
प्रधानमन्त्रीसँग करिब २ घण्टा चलेको छलफलमा महासंघका तर्फबाट चालु आन्दोलन, शिक्षक-कर्मचारीका माग-मुद्दा र विद्यालय शिक्षा ऐन जारी गर्ने सम्बन्धमा छलफल भएको थियो । भेटमा विद्यालय शिक्षा विधेयक छिटो जारी गर्ने विधि र उपायबारे छलफल गरिएको थियो । शिक्षक महासंघको प्रतिनिधि मण्डलमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए।















प्रतिक्रिया दिनुहोस्