काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चारवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
कार्यालयले तीन कम्पनीलाई डेढ वर्ष र एउटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको उल्लेख गरेको छ ।
कालोसूचीमा परेका कम्पनीहरूमा छिरिङ लामा डोङ र पम्बर लामा मुख्य व्यक्ति भएको बिल्ड ब्रदर्श कन्स्ट्रक्सन प्रालि गोङ्गबु, सहदेव गौतम मुख्य व्यक्ति भएको एसएम कन्स्ट्रक्सन मकवानपुर, सुकूँ रानामगर मुख्य व्यक्ति भएको राना फर्निचर सःमलि उद्योग मध्यनेपाल लमजुङ र तुफान सिंह बुढाथोकी मुख्य व्यक्ति भएको शारदा नगरपालिका सल्यानको गौरीगोमा निर्माण सेवा रहेका छन् । तीमध्ये गौरीगोमालाई एक वर्ष र अन्य कम्पनीलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ ।















प्रतिक्रिया दिनुहोस्