काठमाडौं । अबका केही दिन देशका धेरै स्थानमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।
अविरल वर्षा र हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्नेमा मौसमविद्ले जोड दिएका छन् ।
हाल पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देशमा परेको छ । त्यसको प्रभावका कारण मेघगर्जन, चट्याङ, हावाहुरी, वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यतिबेला गहुँ, मुसुरो जस्ता बाली काट्ने समय भएकाले आफ्नो क्षेत्रको मौसमबारे सजग भएर मात्र बाली काट्न मौसमविद्हरुले सुझाव दिएका छन् ।
विहीबार कोशी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ । बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । यसैगरी हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
शुक्रबार कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।















प्रतिक्रिया दिनुहोस्