काठमाडौंँ । शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलनले सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ।
मन्त्रिपरिषद बैठकले विद्यालय शिक्षा विधेयक चाँडै पास गर्ने गरी संसद्को अधिवेशन आह्वान गरिएकाले आन्दोलन रोकेर शिक्षकहरूलाई कार्यक्षेत्र फर्कन मंगलबार आह्वान गरेको थियो।
सरकारले वैशाख १२ गतेदेखि बस्नेगरी संसद बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
चर माग पूरा नभएसम्म आन्दोलन जारी रहने शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आन्दोलन स्थगित नहुने बताएका छन्। बुधबार १२ बजे सबै शिक्षकहरूलाई माइतीघर मण्डलमा उपस्थित हुन आग्रह पनि गरेका छन्।
शिक्षकहरुले चैत्र २० गतेदेखि काठमाडौंको माइतीघर आसपासलाई केन्द्रविन्दु बनाएर आन्दोलन गर्दै आएका छन्।















प्रतिक्रिया दिनुहोस्