images
images

नेपाल-चीन सीमावर्ती क्षेत्रमा भूकम्पको धक्का महसुस

काठमाडौं । नेपाल-चीन सीमावर्ती क्षेत्र नजिकै भुइँचालो गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबारअनुसार बिहान ४ः०५ बजे चीनको डिङ्ग्ग्ये क्षेत्रमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो।

images
images

भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सिमानाबाट करिब १८ किलोमिटर उत्तरतर्फ चीनको डिङ्ग्ग्ये आसपास रहेको केन्द्रले जनाएको छ। हालसम्म यस भूकम्पबाट मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।

सिमाना नजिकै भएकाले भूकम्पको कम्पन नेपालका केही उत्तरी जिल्लामा पनि हल्का महसुस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्