नेपाल प्रहरीका ६१ जना वरिष्ठ सहायक निरीक्षक प्रहरी निरीक्षकमा बढुवाका लागि सिफारिस भएका छन्।
बढुवाका लागि सिफारिस भएका ६१ जनाको पहिलो नम्बरमा जिल्ला प्रहरी कार्यालय दोलखाको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत वरिष्ठ सई सुदीप थापा छन्।
त्यस्तै इलाका प्रहरी कार्यालय बरेङडाँडा बाग्लङमा कार्यरत रवि घिमिरे दोस्रो नम्बरमा छन् भने इलाका प्रहरी कार्यालय बाफिकोट रूकुम पश्चिममा कार्यरत फणीन्द्र क्षेत्री तेस्रो नम्बरमा छन्।















प्रतिक्रिया दिनुहोस्