सिन्धुपाल्चोक । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ बाह्रबिसेमा काङ्ग्रेस प्रवेश गर्नेको लर्को लाग्न थालेको छ।
पछिल्लो समय बाह्रबिसे, भोटेकोशी र त्रिपुरासुन्दरीमा काङ्ग्रेस नेतृत्वको स्थानीय सरकारले नागरिक लक्षित कार्यक्रमलाई जोड दिएसँगै अन्य पार्टी छोडेर काङ्ग्रेस प्रवेश गर्नेहरू बढ्न थालेका हुन् । शैक्षिक क्षेत्रलाई निःशुल्क गर्दै आएका तीन स्थानीय तह बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाका नागरिक काङ्ग्रेस प्रवेश गर्न थालेका हुन् ।
नेपाली काङ्ग्रेसको गड मानिएको क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेसले आयोजना गरेको नयाँवर्ष लक्षित शुभकामना आदानप्रदान तथा कार्याकर्ता भेटघाट चियापान कार्यक्रममा एमाले र माओवादी पार्टी छोडेर काङ्ग्रेस प्रवेश गरेका अधिकांश स्थानीयले काङ्ग्रेसले स्थानीय तहमा शैक्षिक क्षेत्रमा गरेको निःशुल्क शिक्षाले आफूहरुमा सहयोग पुगेको भन्दै काङ्ग्रेस पार्टीमा प्रवेश गरेको बताए ।
शुभकामना आदानप्रदान तथा कार्याकर्ता भेटघाट चियापान कार्यक्रममा नेकपा एमाले र माओवादीका सयौं कार्याकर्ता प्रवेश कार्यक्रममा बोल्दै काङ्ग्रेस नेता एवं सांसद मोहनबहादुर बस्नेतले काङ्ग्रेस पार्टीमा आबद्ध भएका नेता कार्यकर्ता परिवारका सदस्य भएको बताए । आफूले अभिभावकको भूमिका निर्वाह गर्ने भन्दै बस्नेतले विकासका काममा सबैको साथ सहयोगको खाँचो रहेको औँल्याए । अहिलेसम्म सिन्धुपाल्चोकको विकासमा अथक् प्रयास गर्दै आएको बताउँदै नेता बस्नेतले आगामी दिनमा पनि सबै खालको सहयोग गर्दै जाने बताए ।
पार्टी प्रवेश गर्नेहरुलाई वफादार भएर कांग्रेसमा काम गरे यही पार्टीमा भविष्य रहेको उनले बताए ।
क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले काङ्ग्रेसमा आएकाहरुलाई स्वागत गर्दै बाह्रबिसे नगरपालिकाले आम नागरिकलाई स्थानीय सरकारको प्रत्याभूत गर्दै काम गरेको उल्लेख गरे ।













प्रतिक्रिया दिनुहोस्